spot_img

“जेनजी” पुस्तालाई धन्यवाद — अब सरकारले जनआवश्यकता पूरा गरोस : दुर्गा प्रसाईं

spot_img
spot_img

काठमाडौ,२५ भदौ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले जेन–जी पुस्ताप्रति धन्यवाद ज्ञापन गर्दै अब बन्ने सरकारले जनताका प्रमुख माग पूरा गर्नुपर्ने बताउनुभएको छ। प्रसाईंले २०७९ फागुन १ गते मेचीको बगरबाट सुरु गरिएको अभियानले आंशिक सफलता हासिल गरेको उल्लेख गर्दै त्यसले अब व्यावहारिक नतिजा दिनु आवश्यक भएको औँल्याउनुभयो।

उनले अभियानको मुख्य मागमा चर्को ब्याजदरका कारण घरबार गुमाएका लाखौँ नागरिकलाई जग्गा–सम्पत्ति फिर्ता गराउनुपर्ने, गरिबका ऋण मिनाहा गर्नुपर्ने र सहकारी पीडितको डुबेको रकम सरकारले जिम्मा लिनुपर्ने औँल्याउनुभयो। मध्यम वर्गीय व्यापारीका लागि दीर्घकालीन र सहज ऋण व्यवस्था मिलाउनुपर्ने माग उहाँले दोहोर्याउनुभयो।

प्रसाईंले विदेशमा रहेका करिब १ करोड ६० लाख युवा नागरिकका लागि स्वदेश फर्केर जीवन पुनर्निर्माण गर्न सहज वातावरण तयार गर्नुपर्ने तथा ७ हजारभन्दा बढी विदेशी जेलमा रहेका नेपालीलाई उद्धार गरी फर्काइदिनु पर्ने जोड दिनुभयो।

आफ्नो अभियानलाई धार्मिक स्वतन्त्रता र हिन्दु अधिराज्यको दृष्टिकोणसहित अघि बढाउने बताउँदै प्रसाईंले व्यक्तिगत राजनैतिक पदको चाहना नरहेको र लक्ष्‍य मात्र जनताको उठाएका मुद्दा पूरा गराउनु रहेको स्पष्ट गर्नुभयो। उहाँले भगवती दुर्गाको चरणमा प्रार्थना गर्दै अब कुनै पनि नेपाली, विशेषगरी जेन–जी पुस्ताका युवाले बलिदान नदिनु पर्ने आशा व्यक्त गर्नुभयो।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय