spot_img

आज देशका धेरै ठाउँमा बदली, वर्षाको सम्भावना

spot_img
spot_img

काठमाडौ,२५ भदौ । जल तथा मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुन सक्रिय रहेको र यसको न्यूनचापीय रेखा सरदरभन्दा दक्षिणतर्फ अवस्थित भएकाले विभिन्न स्थानमा वर्षा भइरहेको जनाएको छ।

आज दिउँसो देशका अधिकांश भागमा साधारणतया बदली रहनेछ भने राति पनि आकाश सामान्यतया ढाकिएको रहने महाशाखाले जनाएको छ। कोशी, मधेस, वाग्मती र गण्डकी प्रदेशलगायत पहाडी क्षेत्रमा मध्यम वर्षा हुन सक्ने र तीमध्ये एक–दुई स्थानमा भारी वर्षा हुने सम्भावना छ।

वर्षाका कारण पहिरो तथा गेग्रान बहाव (Debris Flow) को जोखिम बढ्ने, ठूला–साना नदी–नालामा पानीको सतह उक्लन सक्ने र यातायात अवरुद्ध हुने सम्भावना भएकाले सर्वसाधारणलाई सतर्क रहन र आवश्यक पूर्वतयारी गर्न महाशाखाले आग्रह गरेको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय