काठमाडौं,२५ भदौ । नेपाली सेनाले जेनजी आन्दोलनका क्रममा लुटिएका वा हराएका हतियार, गोलीगठ्ठा र अन्य सुरक्षा सामग्री नजिकैको सुरक्षा निकायमा तुरुन्त बुझाउन सबैलाई आग्रह गरेको छ।
सेनाले चेतावनी दिएको छ कि यस्ता सामग्री बुझाउन ढिलाइ वा अटेर गरेमा कानुनी कारबाही गरिनेछ। सेनाका अनुसार, हतियार र सुरक्षा सामग्रीको दुरुपयोगले ठूलो क्षति निम्त्याउन सक्ने भएकाले कुनै पनि जानकारी पाएमा तत्काल सुरक्षा निकायलाई खबर गर्न र सम्बन्धित व्यक्तिलाई हतियार बुझाउन प्रेरित गर्न आवश्यक छ।
साथै, नेपाली सेनाले सुरक्षा निकायको पोशाकको अनधिकृत प्रयोग नगर्न समेत सर्वसाधारणलाई आग्रह गरेको छ।





