गौशाला, २५ भदौ । महोत्तरीस्थित जलेश्वर कारागारबाट मंगलबार साँझ ५७२ जना कैदी एकैपटक फरार भएका छन् ।
प्रहरीका अनुसार साँझ करिब ७ बजे कारागारभित्र रहेका कैदी र बाहिरका प्रदर्शनकारीले संयुक्त रूपमा पर्खाल भत्काएपछि उनीहरू उम्किएका हुन् । करिब पाँच सयभन्दा बढी लाठीधारी प्रदर्शनकारीले बाहिरबाट सहयोग गर्दा कैदीहरूले भान्सामा प्रयोग हुने दाउरा प्रयोग गरी पर्खाल भत्काएका थिए ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका डिएसपी हेरम्ब शर्माले फरार कैदीहरूको खोजी कार्य तीव्र पारिएको जानकारी दिएका छन् । सुरक्षा निकाय अहिले आसपासका क्षेत्रमा व्यापक रूपमा परिचालन गरिएको छ ।




