Date
बुध, पुस ३०, २०८२
Wed, January 14, 2026
Date
बुध, पुस ३०, २०८२
Wed, January 14, 2026

त्रिभुवन राजपथ सिफ्ट प्रकरणः...

वीरगञ्ज, ३० पुस — वीरगञ्ज बचाउ युवा व्यापारी संघर्ष समितिको अगुवाइमा दायर गरिएको त्रिभुवन...

राजनीतिक अस्थिरताले देशलाई खतरा,...

वीरगञ्ज, ३० पुस - मानव अधिकार तथा शान्ति समाजका केन्द्रीय संयोजक एवं मानवअधिकारकर्मी...

देउवा समूहको कारबाहीमा सहमहामन्त्री...

वीरगञ्ज, ३० पुष  । नेपाली कांग्रेसका केन्द्रीय कार्यसमितिका सहमहामन्त्री फरमुल्लाह मन्सुर पनि सभापति...

संस्थापनको घोषणासँगै कांग्रेस विभाजनतर्फ!

वीरगञ्ज, ३० पुष । नेपाली कांग्रेसको संस्थापन समूहले दुई महामन्त्री र एक सहमहामन्त्रीलाई पाँच...
spot_imgspot_imgspot_img
10.1 C
Kathmandu
12.6 C
Birgunj
spot_img

सुन्धारा कारागारबाट ३३ सय कैदी फरार, टोपबहादुर रायमाझी पनि भागे

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं, २५ भदौ । सुन्धारास्थित केन्द्रीय कारागारबाट करिब ३३ सय कैदीबन्दी फरार भएका छन् । कारागारमा ३८ सय कैदीबन्दी रहेकोमा हाल करिब ५ सयकै हाराहारीमा मात्र रहेका छन् ।

स्रोतका अनुसार भद्रबन्दी गृहमा करिब १००, महिला बन्दी गृहमा करिब १००, र सेन्ट्रल कारागारमा करिब ३०० कैदीबन्दी मात्रै रहेका छन् । भद्रबन्दी गृहबाट नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनिएका टोपबहादुर रायमाझी समेत फरार भएका छन् ।

भागेका केही कैदीबन्दी भने कारागार फर्किन सुरु गरेका छन् । अहिलेसम्म करिब ५० जना फर्किसकेका छन् भने अरू केही पनि फर्कने क्रममा रहेको स्रोतले जनाएको छ ।

सुरक्षा स्रोतका अनुसार, नख्खु कारागारबाट निस्केका कैदीबन्दीहरू राति करिब १० बजे सुन्धारा कारागारमा तोडफोड गरेका थिए । त्यसपछि सुरक्षामा खटिएको नेपाल प्रहरी कारागारबाट बाहिर निस्किएर आर्मी हेडक्वार्टर पुगेको थियो । नेपाली सेना त्यसपछि मात्र कारागारमा पुगेको थियो, त्यसअघि नै करिब ३३ सय कैदी फरार भइसकेको थियो ।

ताजा समाचार

थप समाचार