काठमाडौं,२५ भदौ आगामी सरकारको नेतृत्वको सन्दर्भमा असन्तुष्टि जनाउँदै विवाद गरेका जेनजी प्रतिनिधिहरूलाई नेपाली सेनाले भोलि बिहान सम्पर्कमा आउन भनेको छ ।
जंगीअड्डा बाहिर नेपाली सेनाका प्रतिनिधिले माइकिङ गरेर यस्तो जानकारी गराएका हुन् । सरकारको नेतृत्वको सन्दर्भमा असन्तुष्टि जनाउँदै जेनजीहरूले जंग्गीअड्डाबाहिर नाराबाजी गरेका थिए ।
जेनजीहरु बिच नै बिवाद उत्पन्न भएपछि जंगीअड्डाले भोली आउँन भनेको हो । जेनजीहरु बिच बालेन शाह,हर्कसंपाङ,सुशिला कार्की,गोपी हमाल मध्ये कलाई अन्तरिम सरकारका प्रमुख बनाउने बारेमा बिवाद देखिएपछि बेलुका ७ ः३० बजे सहमती जुटन नसकेको हो ।



