Date
मङ्ल, पुस २९, २०८२
Tue, January 13, 2026
Date
मङ्ल, पुस २९, २०८२
Tue, January 13, 2026

महतो नेतृत्वको सदभावना र...

बिरगंज , २९ पुस । आम जनता पार्टी (आजपा)ले मंगलबार एकैदिन दुई पार्टीसंग...

कांग्रेस विशेष महाधिवेशन :...

वीरगञ्ज २९ पुस । नेपाली कांग्रेसको विशेष महाधिवेशनमा पक्षधरहरूले निर्वाचन प्रक्रिया धमाधम अघि...

नेपाली कांग्रेसको विशेष महाधिवेशन...

काठमाडौं, २९ पुस । नेपाली कांग्रेसको विशेष महाधिवेशनका लागि निर्वाचन समितिले निर्वाचन तालिका...

गच्छदारले भने कांग्रेस संकटमा,...

वीरगञ्ज , २९ पुस । नेपाली कांग्रेसका वरिष्ठ नेता विजय गच्छदारले पार्टी गम्भीर...
spot_imgspot_imgspot_img
9.1 C
Kathmandu
13.6 C
Birgunj
spot_img

पर्साका गाउँपालिकासम्म फैलियो जेन-जी आन्दोलन : जिराभवानीमा आगजनी, अन्य ठाउँमा प्रदर्शन

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

वीरगंज २६ भदौ |पर्साको जिराभवानी गाँउपालिकाको कार्यालयमा आज दिउसो जेन जीको नाम प्रयोग गर्दै एक समूहले गाउँपालिका अध्यक्षको राजिनामा माग गर्दै प्रदर्शन गरेका थिए। कार्यालयमा कोई पनि नभएको र बन्द रहेकाले प्रदर्शनकारीहरु कार्यालयमा तोडफोड गरेको थियो। करिब एक सय जनाको सो समूहले मुख्य ढोका फोडी कार्यालयमा प्रबेश गरी डिजिटल होडिंग बोर्ड, सोफा, कुर्सी, दराज, कार्यालयको कागजपत्र लगायतका फर्निचर तथा कम्पुटरको बिद्युतिय सामग्री बाहिर जम्मा गरी आगजनी गरेका थिए। सो आगजानीबाट रोलर गाडीमा समेत क्षति पुगेका छन। सो समूहले कार्यालयको हातामा राखिएको जे सि बी तथा भवनमा ढुङ्गामुडा गर्दा झ्यालको सिसा र जेसिबीमा समेत क्षति पुगेका छन।
गाउपालिकाको कार्यालय निजी घर भाडामा लिएर कार्यालय संचालन गर्दै आएका र सो सम्पति निजी भएको हुदा स्थानीय महिलाहरुले प्रतिकार गर्न थाले पछि प्रदर्शनकारीहरु भागेका थिए। जेन जी वा कुनै पनि समूहले कसैको निजी सम्पत्तिमा क्षति पुर्याउनु गतल भएको स्थानीयको बुझाई छ।
प्रदर्शनकारी सो समूहले सेढवा स्थित गाउपालिका अध्यक्ष अनोज चौधरीको घरमा समेत तोडफोड गरेका थिए। समूहले गालीगलौज गर्दै अध्यक्ष चौधरीको घरमा ढुङ्गामूडा गर्दा झ्यालको सिसाहरु फुटेका छन। अध्यक्ष चौधरीको ठूलो बुवा मदेश प्रदेश सांसद शंकर चौधरीले प्रदर्शनकारीहरुलाई समझाई बुझाई फर्काएका थिए। सोही समूहले गाउँपालिका उपाध्यक्ष रेखा चौधरीको घर अगाडी पनि नारा बाजी गरेका थिए। वडा नं १ महादेवपटिमा रहेको उपाध्यक्ष चौधरीको घर अगाडी आगो बाली प्रदर्शन गरेका थिए।
त्यस्तै पटेर्वासुगौली गाँउपालिकाका कार्यालयको अगाडी पनि समूहले जेन जीको नाम प्रयोग गर्दै जनप्रतिनिधिहरु राजिनामा माग गर्दै प्रदर्शन गरेका थिए।
जेन जीले मंगलवारसम्म प्रदर्शन गरी आज वार्तामा बसिरहेको बेला ग्रामीण भेगका कतिपय समूहले व्यक्तिगत रिसिबी तथा स्वार्थका लागि जेनजी को नाम दुरुपयोग गर्दै आन्दोलन गर्ने क्रम बढेको छ।

ताजा समाचार

थप समाचार