spot_img

जेनजीबाटै प्रधानमन्त्री चयन हुनुपर्छ : रेशम चौधरी

spot_img
spot_img

कैलाली,२६ भदौ । नागरिक उन्मुक्ति पार्टीका संरक्षक तथा पूर्व सांसद रेशम चौधरीले जेनजी आन्दोलनरत समूहबाटै प्रधानमन्त्री चयन हुनुपर्ने बताएका छन्।

सामाजिक सञ्जाल फेसबुकमार्फत चौधरीले जेनजीहरू राष्ट्र हाँक्न सक्षम रहेको भन्दै नेतृत्व लिन आग्रह गरेका छन्। उनले लेखेका छन्, “तपाईंहरू देश हाँक्न सक्षम हुनुहुन्छ। आफैं नेतृत्व लिनुहोस् र प्राप्त उपलब्धिको रक्षा गर्नुहोस्। जेनजीहरू मध्ये एक जना प्रधानमन्त्री भइहाल्नुस्। त्यसलाई संवैधानिक कसरी बनाउने भन्ने काम राष्ट्रपतिको हो।”

चौधरीले वर्तमान आन्दोलनले ल्याएको परिवर्तनलाई प्रशंसनीय भनेका छन्। उनले पुराना कर्मचारी र स्थानीय तहका जनप्रतिनिधिसँग हारगुहार गरेर लक्ष्य हासिल हुनेमा शंका व्यक्त गर्दै भने, “तपाईंले तोकेका निहित विषयलाई आधार बनाएर मुलुकको शून्यताको अन्त्य गर्नुहोस्। धेरै नेताहरूले बुँदात्मक सुझाव दिइरहेका छन्, ती बुँदा आफूले हिजो किन लागू नगरे?”

पूर्व सांसदले पुराना नेताहरूलाई अब सुझाव दिन नैतिक अधिकार नभएको पनि उल्लेख गरेका छन्।

यसैबीच, चौधरीले मंगलवार कैलालीस्थित आफ्नो घरमा भएको आगजनी घटनाबारे पनि जानकारी दिएका छन्। उनले भने, “घर मेरो पनि जल्यो, घर जलेको कुरा पछि होला। पहिला राष्ट्रघातक नहोस्।”

उनको यो अभिव्यक्ति जेनजी आन्दोलनको नेतृत्वको सन्दर्भमा महत्वपूर्ण राजनीतिक संकेतका रूपमा हेरिएको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय