spot_img

बीरगन्ज भन्सारमा अत्यावश्यक वस्तुको जाँचपास सुरु

spot_img
spot_img

बीरगन्ज,२७ भदौ ।जेनजी आन्दोलनका कारण दुई दिनसम्म ठप्प बनेको बीरगन्ज भन्सार कार्यालयको सेवा बिहीबारदेखि आंशिक रूपमा सुचारु भएको छ। नेपालकै सबैभन्दा बढी राजस्व संकलन गर्ने यो कार्यालयमा आन्दोलनका कारण करिब अर्बौं राजस्व नोक्सानी भएको हो।

कार्यालयका प्रमुख भन्सार प्रशासक विष्णुप्रसाद ज्ञवालीका अनुसार मंगलबार र बुधबार राजस्व संकलन लगभग बन्द भए पनि बिहीबारदेखि पेट्रोलियम पदार्थ, ग्यासका बुलेट र औषधिजन्य सामग्रीको भन्सार जाँचपास सुरु गरिएको छ। सोही दिन करिब १० करोड रुपैयाँ राजस्व संकलन भएको उनले बताए।

उनका अनुसार शुक्रबारदेखि अत्यावश्यक वस्तुसँगै औद्योगिक सामग्रीको पनि जाँचपास प्रक्रिया अघि बढाइनेछ। स्थानीय प्रशासनले आवश्यक सुरक्षा प्रदान गरेपछि अन्य मालसामान पनि पठाउन सकिने जानकारी दिइयो।

गत आव २०८१/८२ मा बीरगन्ज भन्सारलाई दुई खर्ब १८ अर्बभन्दा बढी राजस्व लक्ष्य तोकिए पनि करिब ८० प्रतिशत मात्रै संकलन भएको थियो। चालु आवमा बीरगन्ज भन्सार र सुक्खा बन्दरगाह भन्सार गाभिएर साउन महिनामा मात्र १८ अर्ब ३९ करोडभन्दा बढी राजस्व संकलन भएको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय