spot_img

नेतृत्व मात्र बदलेर समाधान हुँदैन : प्रभु साह

spot_img
spot_img

काठमाडौं,२८ भदौ । आम जनता पार्टी (आजपा) का अध्यक्ष प्रभु साहले जेन–जी आन्दोलनको मागलाई बेवास्ता गर्दै केवल सरकारको नेतृत्व मात्र परिवर्तन गर्नु नेपाली जनताको ताजा जनादेशप्रति धोका भएको बताएका छन्।

शुक्रबार जारी विज्ञप्ति र सामाजिक सञ्जालमार्फत साहले वर्तमान संविधान, व्यवस्था र प्रणाली जनताले अस्वीकार गरिसकेको परिस्थितिमा फेरि त्यही पुरानै संरचना स्वीकार्नु सम्भव नरहेको जनाएका छन्।

उनका अनुसार समस्या केवल नेताको अनुहारमा नभई राज्यको गलत संरचना र भ्रष्ट प्रणालीमा छ, जसले केन्द्रदेखि स्थानीय तहसम्मका निकायलाई दूषित तुल्याएको छ। “व्यवस्था बदलेन भने अवस्था पनि बद्लिँदैन,” साहले भनेका छन्।

साहका अनुसार संसद् विघटन गरेर नयाँ सरकार गठन र नयाँ संविधान निर्माणतर्फ अघि बढ्नु नै नेपाली जनताको वास्तविक माग हो। उनले नेतृत्व मात्र परिवर्तन गरेर आन्दोलनलाई सीमित गर्न खोज्नु जेन–जी आन्दोलन र सडकमा प्रकट ताजा जनादेशको अपमान भएको टिप्पणी गरेका छन्।

“जेन–जी पुस्ताको नेतृत्वमा भएको जनआन्दोलनलाई अनुहारको फेरबदलमा मात्र सीमित गर्ने धोकापूर्ण सम्झौता हामीलाई स्वीकार्य छैन,” उनले भनेका छन्, “यो आन्दोलनलाई कलंकित हुन नदिन अहिलेको संविधान र व्यवस्थालाई खारेज गरेर नयाँ प्रणाली निर्माणमा जुट्नैपर्छ।”

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय