spot_img

पढाइ सुरु गर्न प्याबसन पर्साको आह्वान

spot_img
spot_img

बीरगन्ज,२८ भदाै । हालैको ‘जेनजी आन्दोलन’का कारण प्रभावित बनेको शिक्षा क्षेत्रलाई तत्काल सञ्चालनमा ल्याउन निजी तथा आवासीय विद्यालयहरूको संगठन (प्याबसन) पर्साले आह्वान गरेको छ।

शनिबार विज्ञप्ति जारी गर्दै संगठनले आन्दोलनका क्रममा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली व्यक्त गर्दै पठनपाठन लामो समयदेखि अस्तव्यस्त भएको भन्दै अब विद्यार्थीको भविष्यलाई थप बन्धक बनाउन नहुने जनाएको छ।

प्याबसनले पूर्वप्रधानन्यायाधीश सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारलाई सकारात्मक परिवर्तनको रुपमा स्वागत गरेको छ। नयाँ सरकारले भ्रष्टाचार नियन्त्रण र सामाजिक न्यायमा जोड दिने विश्वास पनि संगठनले व्यक्त गरेको छ।

प्याबसन पर्साका अध्यक्ष सरोज प्रसाद चौधरी र सचिव अशोक संग्रौलाले जिल्लामा लामो समयदेखि गर्मी, हैजा र आन्दोलनका कारण पढाइ प्रभावित भएको भन्दै तत्काल विद्यालय सञ्चालनको पहल गर्न सबैलाई आग्रह गरेका छन्।

संगठनले शिक्षा क्षेत्रमा लगानी बढाउन, पूर्वाधार सुधार गर्न र रोजगारी सिर्जनामा ध्यान दिन सरकारलाई आग्रह गर्दै विद्यार्थीको भविष्य जोगाउन अभिभावक, शिक्षक र नागरिक समाज सबैलाई एकजुट हुन आह्वान गरेको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय