spot_img

तीन शीर्ष नेताले सन्न्यास लिनुपर्छ : महामन्त्री शर्मा

spot_img
spot_img

काठमाडाैं,२८ भदाै । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सक्रिय राजनीतिबाट अलग हुन आग्रह गरेका छन्।

भिडियो सन्देशमार्फत उनले दशकौँदेखि सत्ता नेतृत्वमा उही तीन नेतामात्रै दोहोरिँदा जनतामा असन्तुष्टि चुलिएको टिप्पणी गरे। “चुनाव हुन्छ, सरकार बन्छ तर प्रधानमन्त्री तिनै व्यक्तिहरू नै बन्छन्। अब यो परिपाटी तोडेर नेतृत्व पुस्ता परिवर्तन गर्नैपर्छ,” उनले भने।

शर्माले पार्टीभित्र आत्मसमीक्षा गर्दै नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गर्नुपर्नेमा जोड दिएका छन्। साथै, उनले उच्च पदाधिकारीहरूको कार्यकाल सीमित गर्नुपर्ने प्रस्ताव अघि सारेका छन्। उनको सुझावअनुसार, राष्ट्रपति एक पटक, प्रधानमन्त्री दुई पटक, मन्त्री तीन पटक र सांसद चार पटकभन्दा बढी नबन्ने व्यवस्था हुनुपर्छ।

उनले यसलाई विधि र प्रणालीमार्फत लागू गर्नुपर्नेमा जोड दिँदै अबको राजनीति आत्मसंकल्पसहित नयाँ ढंगले अघि बढ्नुपर्ने बताएका छन्।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय