spot_img

जेनजी आन्दोलनका घाइतेलाई भेट्न अस्पताल जाँदै प्रधानमन्त्री कार्की

spot_img
spot_img

काठमाडौं,२८ भदौ । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्की जेनजी आन्दोलनमा घाइते भएका युवाहरूलाई भेट्न आज अस्पतालतर्फ जाँदैछिन्।

शुक्रबार राति प्रधानमन्त्रीमा नियुक्त भएकी कार्की केहीबेरमा वीर अस्पतालको ट्रमा सेन्टर र बानेश्वरस्थित सिभिल अस्पताल पुग्ने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ।

घाइते भेटेर अवस्था बुझिसकेपछि उनले आन्दोलनका क्रममा आगजनी भएका कोटेश्वर प्रहरी चौकी र महाराजगञ्ज प्रहरी वृत्तको पनि निरीक्षण गर्नेछिन्। कोटेश्वरमा भएको घटनामा केही प्रहरीको ज्यान गएको थियो।

हालसम्म जेनजी आन्दोलनमा ५१ जनाको मृत्यु भइसकेको छ भने सयौं घाइते विभिन्न अस्पतालमा उपचाररत छन्।

 

 

 

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय