spot_img

जनमत पार्टीले मुख्यमन्त्री र मन्त्री फिर्ता बोलाए

spot_img
spot_img

जनकपुर,२९ भदौ ।  मधेश प्रदेश सरकारको नेतृत्व गरिरहेको जनमत पार्टीले आफ्ना मुख्यमन्त्री र मन्त्री फिर्ता बोलाएको छ। शनिबार संसदीय दलका नेता महेशप्रसाद यादवले विज्ञप्ति जारी गर्दै मुख्यमन्त्री सतिशकुमार सिंहसहित मन्त्रीहरूलाई फिर्ता बोलाएको र सरकारलाई दिएको समर्थन पनि औपचारिक रूपमा फिर्ता लिएको जानकारी दिएका हुन्।

फिर्तासम्बन्धी पत्र प्रदेश प्रमुखको कार्यालयमा पठाइएको बताइएको छ। सोमबारको जेनजी आन्दोलनपछि मंगलबार मुख्यमन्त्री सिंहले सामाजिक सञ्जालमार्फत राजीनामाको घोषणा गरेका थिए तर लिखित रूपमा प्रदेश प्रमुखलाई पत्र नदिएको कारण विवाद चुलिएको थियो। शनिबार केही सञ्चारमाध्यममा उनले पद नछोड्ने अडान लिएको खबर सार्वजनिक भएपछि जनमत पार्टी आक्रोशित बनेको हो।

मधेश प्रदेशमा जनमत नेतृत्वको गठबन्धनमा एमाले, कांग्रेस र लोसपा सहभागी थिए भने जसपा नेपाल, माओवादी केन्द्र, एकीकृत समाजवादी, राप्रपा, नेसंस र नाउपा प्रतिपक्षमा रहेका छन्। जनमत पार्टीतर्फबाट सञ्जय यादव वन तथा वातावरण मन्त्री र बसन्त कुशवाहा उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रीको जिम्मेवारीमा थिए।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय