काठमाडौं,२९ भदौ । जेन–जी आन्दोलनका क्रममा ज्यान गुमाउनेको संख्या ५५ पुगेको छ। भदौ २३ र २४ गते भएको आन्दोलनमा घाइते भएका थप चार जनाको निधन भएपछि मृतक संख्या बढेको नेपाल प्रहरीले जनाएको हो।
प्रहरीका अनुसार मृतकमध्ये २१ जना जेन–जी युवा, ९ जना कैदी र ३ जना प्रहरी छन्। बाँकी १८ जनाको भने आगलागी र करेन्ट लागेर ज्यान गएको छ। मृतकमध्ये एक भारतीय नागरिक पनि रहेका छन्।
घाइतेमध्ये कैयौंको अवस्था गम्भीर भएकाले मृतकको संख्या अझै बढ्न सक्ने प्रहरीको अनुमान छ।





