spot_img

जेनजी आन्दोलनमा मृत्यु हुनेको संख्या ७२, शव फेला पर्ने क्रम अझै जारी

spot_img
spot_img

काठमाडौं,२९ भदौ । जेनजी आन्दोलनका क्रममा मृत्यु हुनेको संख्या ७२ पुगेको छ। प्रधानमन्त्री सुशीला कार्कीको पदभार ग्रहण कार्यक्रममा मुख्य सचिव एकनारायण अर्यालले यो तथ्य सार्वजनिक गरेका हुन्।

उनका अनुसार मृत्यु भएकामध्ये ५९ जना प्रदर्शनकारी, १० जना कैदीबन्दी र ३ जना सुरक्षाकर्मी रहेका छन्। आन्दोलनका क्रममा १३४ जना प्रदर्शनकारी र ५७ जना प्रहरी घाइते भएका छन्।

भदौ २३ गतेदेखि भ्रष्टाचार र सामाजिक सञ्जालमाथि लगाइएको प्रतिबन्धविरुद्ध सुरु भएको आन्दोलनमा व्यापक झडप र आगजनी भएको थियो। त्यसक्रममा धेरैले ज्यान गुमाउनुका साथै ठूलो संख्यामा घाइते भएका थिए।

मृतक सबैको पहिचान हुन बाँकी छ। विभिन्न क्षेत्रमा आगलागीपछि सफाइ गर्ने क्रममा शव भेटिने क्रम जारी छ। आज बिहान मात्रै चाबहिल चुच्चेपाटीस्थित भाटभटेनी नजिक थप ६ वटा शव फेला परेको प्रहरीले जनाएको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय