spot_img

पाँच प्रदेशमा आज भारी वर्षाको सम्भावना

spot_img
spot_img

काठमाडौ,३१ भदौ । मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास रहँदा देशभर मौसमी गतिविधि सक्रिय रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अरब सागर र बंगालको खाडीबाट आइरहेको जलवाष्पयुक्त हावाले पनि वर्षा बढाउने देखिएको छ।

यसको प्रभावस्वरूप हाल देशभर सामान्यतया बदली छ। कोशी, मधेस र बागमतीका केही स्थानमा तथा गण्डकी, कर्णाली र सुदूरपश्चिमका एक–दुई ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ।

आज दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै ठाउँमा तथा कोशी, मधेस र बागमतीका केही भागमा मध्यम वर्षा हुने सम्भावना छ। साथै, सुदूरपश्चिमका केही स्थान तथा बागमती, गण्डकी, लुम्बिनी र कर्णालीका एक–दुई स्थानमा भारी वर्षा पनि हुन सक्ने पूर्वानुमान गरिएको छ।

राति पनि देशभर सामान्यतया बदली रहने र गण्डकी, लुम्बिनी, कर्णाली तथा सुदूरपश्चिमका केही स्थानमा वर्षा निरन्तर रहने संभावना छ।

भारी वर्षाको सम्भावनालाई मध्यनजर गर्दै सम्भावित जोखिमबाट बच्न आवश्यक सतर्कता अपनाउन मौसम महाशाखाले आग्रह गरेको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय