spot_img

जेन–जी आन्दोलनका सहिदको सम्झनामा असोज १ गते शोक दिवस, सार्वजनिक बिदा

spot_img
spot_img

काठमाडौ,३१ भदौ । सरकारले जेन–जी आन्दोलनका क्रममा ज्यान गुमाएका नागरिकहरूको सम्झनामा असोज १ गतेलाई शोक दिवस घोषणा गर्ने निर्णय गरेको छ। सो दिन सार्वजनिक बिदा दिइने गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिएका छन्।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले आन्दोलनमा ज्यान गुमाएका नागरिकलाई ‘सहिद’ घोषणा गर्ने र राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय पनि गरेको छ। सहिदका परिवारलाई सरकारले प्रत्येकलाई १५ लाख रुपैयाँ राहत उपलब्ध गराउनेछ।

त्यसैगरी, आन्दोलनमा घाइते भएकाहरूको निःशुल्क उपचार गर्ने, शव व्यवस्थापनका लागि निःशुल्क गाडी र दुर्गम क्षेत्रमा हेलिकप्टरको व्यवस्था गर्ने निर्णय गरिएको छ।

गृहमन्त्री अर्यालका अनुसार आन्दोलनका क्रममा भएको जनधनको क्षति, अत्याचार र घुसपैठबारे छानबिन गर्न उच्चस्तरीय न्यायिक आयोग गठन गरिनेछ। साथै, भदौ २३ र २४ गते ज्यान गुमाउनेहरूको सम्झनामा “जेन–जी जागरण स्मारक पार्क” निर्माण गर्ने निर्णय पनि बैठकले गरेको छ।

यससँगै, निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले पेस गरेका सबै प्रस्ताव फिर्ता लिने निर्णय गरिएको छ।
प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा बसेको यो पहिलो मन्त्रिपरिषद् बैठक हो।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय