spot_img

चितुवाको आक्रमण एक महिलाको ज्यान गयो

spot_img
spot_img

नेपालगञ्ज,३१ भदाै  । बाँकेको राप्तीसोनारी गाउँपालिका–३ सिनावासमा चितुवाको आक्रमणमा परी एक महिलाको ज्यान गएको छ।

डिभिजन वन कार्यालय बाँकेका प्रमुख शङ्कर गुप्ताका अनुसार आइतबारदेखि बेपत्ता भएकी ४५ वर्षीया लक्ष्मी थारु सोमबार जनमुखी सामुदायिक वनको पुरानो पानी ट्याङ्की नजिक मृतावस्थामा फेला परिन्। शव नजिकै चितुवाको पाइला भेटिएको र क्यामेरा ट्रयापमा भाले चितुवा देखिएको उनले जानकारी दिए।

घटनापछि स्थानीयवासी त्रसित बनेका छन्। वन कार्यालयले तत्कालै प्राविधिक टोली पठाई चितुवा नियन्त्रण गर्ने तयारी गरेको जनाएको छ। “तीनवटा क्यामेरा जडान गरेका थियौँ, त्यसबाट भाले चितुवा हिँडेको देखिएको छ। अब प्राविधिक टोली पठाएर नियन्त्रण गरिनेछ,” प्रमुख गुप्ताले भने।

मृतक थारुको शव पोष्टमार्टमपछि परिवारलाई बुझाइएको छ। वडाको सिफारिसमा प्रभावित परिवारलाई रु. १० लाख क्षतिपूर्ति उपलब्ध गराइने वन कार्यालयले जनाएको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय