spot_img

राष्ट्रिय मानव अधिकार आयोग सदस्य डा. ढुंगेलले दिए राजीनामा

spot_img
spot_img

काठमाडौं,३१ भदौ । राष्ट्रिय मानव अधिकार आयोगका सदस्य डा.सूर्यप्रसाद ढुंगेलले राजीनामा दिएका छन्। उनले भदौ २९ गतेबाट लागु हुनेगरी मानव अधिकार आयोगका अध्यक्षमार्फत् राजीनामा दिएको जानकारी दिएका छन्।

राज्यले भोग्नु परेको संकटबाट मुक्तगरी लोकतन्त्र,मानव अधिकार तथा शान्ति पुनरस्थापना गर्न राष्ट्रले चयन गरेको नयाँ निकासको बाटोको स्वागत गर्दै राष्ट्रिय मानव अधिकार आयोग बाहिरबाटै प्रभावकारी ढंगबाट सहयोग पुर्‍याउने उद्देश्यले राजीनामा दिएको बताएका छन्।

उनको राजीनामा स्वीकृत गरिएको राष्ट्रपति कार्यालयका प्रवक्ता प्रदीप कुमार कोइरालाले जानकारी दिएका छन्।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय