spot_img

रौतहट कारागारबाट फरार कैदीबन्दीलाई प्रहरीको आत्मसमर्पण आग्रह

spot_img
spot_img

गौर,३१ भदौ । रौतहटको गौरस्थित कारागारबाट भदौ २४ गते भागेका कैदीबन्दीहरूलाई प्रहरीले तत्काल आत्मसमर्पण गर्न आग्रह गरेको छ। फरार भएकामध्ये केही कैदीबन्दी प्रहरीको सम्पर्कमा आइसकेका छन्, तर अझै पनि ठूलो संख्याका कैदीबन्दीहरू सम्पर्कबाहिर रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय, रौतहटका प्रवक्ताले एक विज्ञप्ति जारी गर्दै फरार सबै कैदीबन्दीलाई अविलम्ब नजिकको प्रहरी कार्यालय वा कारागार कार्यालय गौरमा सम्पर्क राख्न अनुरोध गरेका छन्। यदि उनीहरू सम्पर्कमा नआई भागी हिँडेमा कारागार ऐन २०७९ को दफा ४९ (ग) अनुसार तोकिएको सजायमा थप ५ वर्षसम्म कैद सजाय हुने चेतावनी पनि दिइएको छ।

प्रहरीले फरार कैदीबन्दीहरूको खोजीकार्य तीव्र बनाएको र उनीहरूलाई पक्राउ गर्न विशेष टोली परिचालन गरेको जनाएको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय