spot_img

काँकडभिट्टामा सबैभन्दा बढी क्षति, भन्सार कार्यालयको अवस्था चिन्ताजनक

spot_img
spot_img

काठमाडाै,३१ भदाै ।  देशभरिका ८ वटा प्रमुख सुक्खा बन्दरगाहमध्ये सबैभन्दा धेरै क्षति काँकडभिट्टा सुक्खा बन्दरगाहमा भएको छ। नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आषिश गजुरेलका अनुसार विराटनगर र भैरहवास्थित बन्दरगाहमा पनि ठूलो क्षति पुगेको छ।

समितिले प्राविधिक टोली खटाएर सबै सुक्खा बन्दरगाहको क्षतिको प्रारम्भिक मूल्याङ्कन गरिरहेको छ। गजुरेलले बताए अनुसार, अहिले पुनर्निर्माणको काम सुरु भइसकेको छ र संरचनागत सुधारका लागि अध्ययन भइरहेको छ।

काँकडभिट्टा बन्दरगाहको गोदाममा सबैभन्दा बढी क्षति भएको पाइएको छ। आन्दोलनको एक सातापछि पनि गोदाममा केही स्थानमा आगो बलिरहेको थियो। गोदाम पूर्ण रूपमा नष्ट भएको र भित्र राखिएका घरायसी सामान, सिसा, मदिरा, कागजजन्य सामग्री र चियाका बस्तु जलेर नष्ट भएका छन्। केही सामान चोरी पनि भएको गजुरेलले बताए।

मेची भन्सार कार्यालयमा पनि तोडफोड र आगजनी भएको पाइएको छ। कार्यालयका झ्यालका सिसा फुटेका छन् भने क्याबिनहरूमा क्षति पुगेको छ। भन्सार प्रमुखको कोठा पूर्ण रूपमा जलेको छ। प्राविधिक टोलीले सो भवनको मर्मत वा पुनर्निर्माणबारे निर्णय गर्ने तयारी गरिरहेको छ।

अर्थ मन्त्रालयका अनुसार, मेची, भद्रपुर, कैलाली र जनकपुर भन्सार कार्यालय पूर्ण रूपमा क्षतिग्रस्त छन् र सोही कारण ती स्थानबाट व्यापार सुचारु हुन सकेको छैन। विराटनगर, नेपागञ्ज, भैरहवा र ठाँडीमा भने आंशिक क्षति पुगेको छ। वीरगञ्ज मुख्य कार्यालय भने क्षतिबिनै सुचारु रहेको छ।

त्यस्तै, आन्तरिक राजस्व विभाग मातहतका दमक, इटहरी, विराटनगर, लाहन, जनकपुर, सिमरा, हेटौडा, वीरगञ्ज, बुटवल, भैरहवा, नेपालगञ्ज, दाङ, धनगढी, डडेलधुरा र पोखरास्थित कार्यालय पूर्ण रूपमा क्षतिग्रस्त भएका छन्। कृष्णनगर, धुलिखेल, इलाम र सिन्धुलीमा भने आंशिक क्षति देखिएको छ।

काठमाडौं उपत्यकाका ३ र बाहिरका ४ नियन्त्रक कार्यालय पनि क्षतिग्रस्त भए पनि केही कार्यालयबाट सेवाहरू फेरि सुचारु भइसकेको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय