spot_img

यसपालि दशैंको अग्रिम टिकट बुकिङ नखुल्ने

spot_img
spot_img

काठमाडौं,३१ भदाै ।  यस वर्ष दशैंका लागि अग्रिम टिकट बुकिङ नखुल्ने भएको छ। यातायात व्यवस्था विभाग, यातायात व्यवसायी र ट्राफिक प्रहरीले आज गरेको छलफलपछि यस्तो निर्णय गरिएको हो।

हालैको आन्दोलनपछि लगाइएको कर्फ्यु हटेपछि तीन दिनअघिदेखि नै टिकट काटेर सवारी सेवा सञ्चालन भइसकेको छ। विद्यालय तथा स्कुलहरू पनि बन्द भएका कारण धेरै मानिसहरू घर फर्किसकेकाले अग्रिम बुकिङको आवश्यकता नभएको निष्कर्ष विभागले निकालेको हो।

यातायात व्यवसायीहरूले यात्रुको सुविधा र सुरक्षा प्राथमिकतामा राख्दै विभागको निर्देशन पालन गर्ने प्रतिबद्धता जनाएका छन्। ट्राफिक प्रहरीले पनि भीड व्यवस्थापन र सवारी नियमनमा विशेष ध्यान दिने जनाएको छ।

विभागले यात्रुहरूलाई आवश्यक परेमा तत्काल टिकट किन्न सक्ने व्यवस्था कायम गरिएको जानकारी दिएको छ।

spot_img
spot_img

ताजा अपडेट

Loading calendar...

लोकप्रिय