spot_img

जनार्दन शर्माले मागे प्रचण्डको राजीनामा

spot_img
spot_img

काठमाडौं,३१ भदौ । जेनजी आन्दोलनपछि पार्टी नेतृत्वको औचित्यबारे बहस बढिरहेको बेला नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को तत्काल राजीनामा मागेका छन्।

शर्माका अनुसार, जेनजी युवा आन्दोलनले भ्रष्टाचारयुक्त राजनीतिमा प्रहार गर्दै सकारात्मक सन्देश दिएको छ र वर्तमान नेतृत्वले अब पार्टी र देशको आवश्यकताअनुसार परिवर्तन गर्नुपर्ने देखिन्छ। उनले पार्टीभित्र छलफल सुरु गरी नयाँ नेतृत्व खोज्नुपर्ने सुझाव दिएका छन्।

उनले भने, “जेनजी आन्दोलनले लोकतन्त्र, नेतातन्त्र, कमिसनतन्त्र र दलालीका सबै पाटापक्ष उजागर गरेको छ, अब देशलाई नयाँ ढंगले अगाडि बढाउने बाटो खोलेको छ।” शर्मा वर्तमान सरकारलाई सहयोग गर्दै आगामी प्रतिनिधि सभा निर्वाचनको वातावरण तयार गर्नुपर्नेमा जोड दिन्छन्।

पूर्वप्रधानन्यायाधीश सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले फागुन २१ गते प्रतिनिधि सभा निर्वाचनको मिति तय गरिसकेको छ। यसबीच, प्रचण्डले पार्टी केन्द्रीय कार्यालय अवलोकन गरेका छन् भने प्रचण्डपक्षले जनार्दनमाथि पार्टीमा अराजकता मच्चाएको आरोप लगाउँदै आएका छन्।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय