काठमाडौं,३१ भदौ । जेनजी शहिदका सपना साकार पार्न सरकार निरन्तर प्रतिबद्ध रहेको उर्जा, जसस्रोत तथा सिंचाई, यातायात तथा भौतिकपूर्वाधार र शहरी विकास मन्त्री कुलमान घिसिङले बताएका छन् । मंगलबार पशुपतिमा शहिदहरु प्रति श्रद्धाञ्जली अर्पण गर्दै उनले शहिदहरुको बलिदानले देशलाई निकास दिन्छ भन्ने सबैको विश्वास रहेको भन्दै त्यसलाई साकार पार्न वर्तमान सरकार अग्रसर रहेको बताए ।
युवा पुस्ताका भाईबहिनीहरुले सुरु गरेको आन्दोलनले एउटा ठूलो परिवर्तन ल्याएको भन्दै जेन्जीहरुको योगदान र वलिदान लाई आत्मासाथ गदै आगामी सरकार अग्रसर हुने बताए । उनले अगाडी भर्र्ने उहाँहरुले धेरै कुरा उठाउनु भएको थिएन् देशमा भ्रष्टाचार हुनुहुदैँन्, सुशासन कायम हुनुपर्छ, देशलाई आत्मनिर्भरतातर्फ लानु पर्छ भन्ने जुन आशा थियो यसलाई पूरा गर्न अब सरकार अगाडी बढ्नेछ ।’ यस्तै घिसिङले
आगामि दिनहरु झन् कठिन भएको भन्दै शोकलाई शक्तिमा बदलेर अगाडी बढ्नुपर्नेमा जोड दिएका थिए । पशुपती आर्याघाटमा ४ जना सहिदहरुको अन्तिम विदाई सँगै दाहसँस्कार गरिएको छ ।




