spot_img

राजनीतिक दल निकटका कसैलाई मन्त्री नबनाउने : प्रधानमन्त्री कार्की

spot_img
spot_img

काठमाडौँ,३१भदौं । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले आफू नेतृत्वको मन्त्रिपरिषद्‌ बढीमा ११ सदस्यीय हुने दाबी गरेकी छिन्‌ ।

बीबीसी नेपाली सेवासँग कुराकानी गर्दै प्रधानमन्त्री कार्कीले वर्तमान सरकारमा मन्त्रीहरूको संख्या ११ भन्दा बढी नहुने बताएकी हुन्‌ । ‘मन्त्रीहरू पनि कुनै राजनीतिक दल निकटका हुँदैनन्‌, गैरराजनीतिक र कुनै संस्थामा काम गरेकालाई ल्याउँछौँ, त्यस्ता व्यक्ति खोजिरहेका छौँ, चुनाव नलड्ने व्यक्तिलाई मात्रै मन्त्री बनाउँछौँ’, कार्कीले भनेकी छिन् ।

कार्की नेतृत्वको मन्त्रिपरिषद्मा यसअघि तीन जनाले मन्त्री पदको कार्यभार सम्हालिसकेका छन्‌ । अर्थमन्त्रीमा रामेश्वर खनाल, गृहमन्त्रीमा ओमप्रकाश अर्याल र ऊर्जा, भौतिक पूर्वाधार र शहरी विकास मन्त्रीमा कुलमान घिसिङ नियुक्त भएका हुन्‌

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय