spot_img

नारायणगढ–मुग्लिन सडक पहिरोले रातिदेखि अवरुद्ध

spot_img
spot_img

चितवन,०१ असोज ।  लगातार पहिरो खस्दा नारायणगढ–मुग्लिन सडक खण्ड मंगलबार रातिदेखि नै अवरुद्ध भएको छ।

मंगलबार राति करिब ९ बजे मुग्लिन नजिकैको तुइन खोलामा ठूलो पहिरो खसेपछि बाटो बन्द भएको हो। राति केही समय पहिरो पन्छाएर सडक एकतर्फी सञ्चालनमा ल्याइएको थियो तर लगत्तै फेरि पहिरो खसेपछि सम्पूर्ण आवागमन रोकिएको भरतपुर डिभिजन सडक कार्यालयका साइट इन्जिनियर अर्जुन घिमिरेले जानकारी दिए।

उनका अनुसार रातिको समयमा माथिबाट ढुंगा र माटो खस्ने क्रम रोकिएको छैन। अँध्यारोमा खसेको पहिरोको अवस्था प्रष्ट नदेखिने र नदी नजिकको भिरालो भागमा काम गर्न जोखिम हुने भएकाले राति सडक सफाइ रोकेर बुधबार बिहान झिसमिसेमा मात्रै काम थालिएको हो।

मुग्लिन नजिकको तुइन खोलामा हरेक वर्ष वर्षात्को समयमा बारम्बार पहिरो खस्ने हुँदा सडक सञ्चालनमा समस्या दोहोरिँदै आएको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय