spot_img

असोज १६ गते दसैंको टीकाको शुभ साइत बिहान ११:५३ मा

spot_img
spot_img

काठमाडौं,०१ असोज । नेपाल पञ्चांग निर्णायक विकास समितिले यस वर्षको दसैंको टीकाको शुभ साइत सार्वजनिक गरेको छ।

समितिका अनुसार, असोज १६ गते बिहीबार बिहान ११ बजेर ५३ मिनेटमा टीका लगाउनु सबैभन्दा उत्तम हुनेछ। यस वर्षको दसैं असोज ६ गते घटस्थापनाबाट सुरु हुनेछ। घटस्थापनाका लागि शुभ साइत बिहान ९ बजेर १३ मिनेटमा तोकिएको छ।

समितिले असोज १३ गते फूलपाती,असोज १४ गते महाअष्टमी र कालरात्रि, असोज १५ गते महानवमी, असोज १६ गते विजयादशमी (टीका) असोज २० गते कोजाग्रत पूर्णिमा रहेको जनाएको छ ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय