Date
शनि, मंसिर २०, २०८२
Sat, December 6, 2025
Date
शनि, मंसिर २०, २०८२
Sat, December 6, 2025

सातदलीय समर्थनमा कृष्ण यादव...

बीरगन्ज,१९ मंसिर । मधेश प्रदेशमा नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादव प्रदेश...

७७ सांसदको समर्थनसहित कृष्ण...

काठमाडौँ,१९ मंसिर । नेपाली कांग्रेसका मधेस प्रदेश नेता कृष्ण यादवले प्रदेश प्रमुख सुरेन्द्र...

एमाले अध्यक्ष ओली देउवालाई...

काठमाडाैं,१९ मंसिर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर...

भेदभावमुक्त समाज निर्माणका लागि...

काठमाडौं,१९ मंसिर । प्रधानमन्त्री सुशीला कार्कीले सामाजिक न्याय र भेदभावमुक्त समाज निर्माणका लागि...
spot_imgspot_imgspot_img
9.1 C
Kathmandu
14.5 C
Birgunj
spot_img

सर्वोच्चको अन्तरिम आदेशपछि काममा फर्किए बीमा प्राधिकरणका अध्यक्ष ओझा

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौँ,०१ असाेज ।  बीमा प्राधिकरणका अध्यक्ष शरद ओझा सर्वोच्च अदालतको आदेशपछि पुनः आफ्नो जिम्मेवारीमा फर्किएका छन्। सरकारको बर्खास्ती निर्णयविरुद्ध दायर गरिएको रिटमा अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गरेपछि मंगलबारदेखि उनले नियमित काम सुरु गरेका हुन्।

सर्वोच्च अदालतले सरकारका नाममा आदेश जारी गर्दै ओझालाई बर्खास्त गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न र नयाँ अध्यक्ष नियुक्ति प्रक्रिया अघि नबढाउन निर्देशन दिएको छ। साथै दुवै पक्षलाई छलफलका लागि अदालतले बोलाएको छ।

२ भदौको मन्त्रिपरिषद् बैठकले ओझालाई खराब आचरण र कार्यक्षमताको कमी देखाउँदै पदमुक्त गर्ने निर्णय गरेको थियो। यसअघि ३० असारमा छानबिन समिति गठन गरी प्रतिवेदन आएको आधारमा उनलाई अयोग्य ठहर गरिएको थियो।

तर, ओझाले २२ भदौमा सर्वोच्चमा रिट दायर गर्दै बर्खास्ती निर्णयविरुद्ध चुनौती दिएका थिए। २३ भदौमा न्यायाधीश सारंगा सुवेदीको इजलासले अन्तरिम आदेश जारी गरेको हो।

यसबीच सरकारले बीमा प्राधिकरणमा नयाँ अध्यक्ष नियुक्तिका लागि प्रक्रिया अघि बढाइसकेको थियो। सो क्रममा १४ जनाले आवेदन समेत दिएका छन्। तर अदालतको आदेशपछि नियुक्ति प्रक्रिया रोकिएको छ।

ताजा समाचार

थप समाचार