spot_img

बारामा बाघको आक्रमणपछि वन क्षेत्रमा प्रवेश रोक

spot_img
spot_img

बीरगन्ज,०१ असाेज । बाराको वन क्षेत्रमा बाघको आक्रमणपछि डिभिजन वन कार्यालयले एक साताका लागि प्रवेशमा पूर्ण प्रतिबन्ध लगाएको छ। जितपुरसिमरा उपमहानगरपालिका–२२ र ४ को आसपासको वन क्षेत्रमा वन्यजन्तुजन्य जोखिम बढेपछि असोज १ गतेदेखि ७ गतेसम्म प्रवेश निषेध गरिएको हो।

कार्यालयले जारी गरेको सूचनाअनुसार यस अवधिमा दाउरा, घाँसपात, च्याउ, सोत्तर संकलन गर्न नपाइनेछ। त्यस्तै, घरपालुवा जनावर लैजान, पिकनिक मनाउन तथा पूर्व–पश्चिम लोकमार्ग र सहायक मार्गमा गाडी रोक्न वा पार्किङ गर्न समेत निषेध गरिएको छ।

डिभिजनल वन अधिकृत राजीव कुमार झाले अति आवश्यक काम भए कार्यालयको पूर्वस्वीकृति लिएर मात्र प्रवेश गर्न सकिने स्पष्ट पारे। उनले प्रतिबन्ध उल्लङ्घन गर्नेहरूमाथि कानुनी कारबाही हुने चेतावनी समेत दिएका छन्। साथै, कुनै दुर्घटना वा क्षति भएमा त्यसको जिम्मेवारी सम्बन्धित व्यक्तिको हुने उल्लेख गरिएको छ।

वन कार्यालयले स्थानीयलाई वन क्षेत्र नजिक नजान र सतर्कता अपनाउन आग्रह गरेको छ।

spot_img
spot_img

ताजा अपडेट

Loading calendar...

लोकप्रिय