spot_img

रौतहटका चार स्थानीय तहको आर्थिक कारोबार बन्द

spot_img
spot_img

रौतहट,०१ असाेज ।  रौतहटका चार स्थानीय तहको आर्थिक कारोबार स्थगित भएको छ। कोष तथा लेखा नियन्त्रक कार्यालय रौतहटले मंगलबारदेखि गढिमाई, माधवनारायण, राजपुर र राजदेवी नगरपालिकाको खाता बन्द गरेको हो।

चालु आर्थिक वर्षमा जिल्लाका १८ स्थानीय तहमध्ये हालसम्म केवल चार स्थानीय तहको खाता सुचारु भइसकेको थियो। तर, दरबन्दीअनुसार प्रमुख प्रशासकीय अधिकृत (प्रमुख प्रशा.अ.) खटाइसक्दा पनि कार्यालयले पुरानै निमित्त प्रमुख प्रशा.अ. को नाममा खाता सञ्चालन गर्न थालेपछि आलोचना बढेको थियो।

कोष नियन्त्रक देवीप्रसाद गौतमका अनुसार सरकारले सुशासन, पारदर्शिता र भ्रष्टाचार नियन्त्रणलाई प्राथमिकतामा राखेकाले स्थानीय सञ्चित कोष व्यवस्थापन प्रणाली (सूत्र) मार्फत खाता लक गरिएको हो। उनका अनुसार दरबन्दीअनुसारका प्रमुख प्रशा.अ. हाजिर नभएका १४ स्थानीय तहको खाता पनि हाललाई रोक्का गरिएको छ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रमुख प्रशा.अ. खटाइसकेका कर्मचारीहरूलाई तत्काल हाजिर भई जिम्मेवारी सम्हाल्न निर्देशन दिएको छ। मन्त्रालयले तोकिएको पालिकामा हाजिर नगर्दा सेवा प्रवाहमा असर परेको भन्दै सम्बन्धित निकायलाई रमाना दिन आदेश दिएको हो।

हाल रौतहटमा चन्द्रपुर, गरुडा, कटहरिया नगरपालिका र दुर्गा भगवती गाउँपालिकामा मात्र दरबन्दीअनुसारका प्रमुख प्रशा.अ. कार्यरत छन्। जिल्लामा दरबन्दीअनुसारका कर्मचारीलाई हाजिर हुन नदिने परम्परा करिब आठ वर्षदेखि चलिआएको बताइन्छ।

spot_img
spot_img

ताजा अपडेट

Loading calendar...

लोकप्रिय