spot_img

जेन–जी आन्दोलनका सहिदप्रति महतोको श्रद्धाञ्जली

spot_img
spot_img

काठमाडौँ,०१ असाेज ।  राष्ट्रिय मुक्ति पार्टी नेपालले जेन(जी) आन्दोलनमा ज्यान गुमाएका सहिदप्रति श्रद्धाञ्जली अर्पण गरेको छ। पार्टी अध्यक्ष राजेन्द्र महतोले मंगलबार जारी गरेको विज्ञप्तिमा सहिदहरूको बलिदानलाई ऐतिहासिक गौरवका रूपमा स्मरण गर्दै त्यसलाई कहिल्यै भुल्न नहुने उल्लेख गरेका छन्।

महतोले सहिदहरूको त्यागले भ्रष्टाचारविरुद्ध, समानता, स्वाभिमान र अधिकारका लागि संघर्षलाई अझ दृढ बनाएको बताउँदै यो साझा लडाइँलाई निरन्तर अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

उनले आफ्ना नेता तथा कार्यकर्तालाई सहिदहरूको सम्झनामा श्रद्धाञ्जली कार्यक्रम आयोजना गर्न आह्वान गरेका छन्। साथै संविधान, कानुन र सार्वजनिक स्थानअनुसार श्रद्धाञ्जली सभाहरू गरेर सहिदलाई स्मरण गर्न आग्रह गरिएको छ।

राष्ट्रिय मुक्ति पार्टीले सहिदहरूले देखाएको बाटोमा अघि बढ्दै देशको स्वाधीनता र जनताको सपना पूरा गर्ने संकल्प पनि दोहोर्याएको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय