spot_img

आवधिक निर्वाचन तोकिएकै मितिमा हुनुपर्छ : भट्टराई

spot_img
spot_img

काठमाडौँ,०१ असाेज ।  पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष बाबुराम भट्टराईले आवधिक निर्वाचन तोकिएकै मितिमा हुनुपर्ने बताएका छन्।

उनले बहुदलीय लोकतन्त्रलाई मजबुत बनाउन निर्वाचनलाई कुनै पनि बहानामा ढिलाइ गर्न नहुने जिकिर गर्दै राजनीतिक दलहरूले निश्चित समयमा स्वतन्त्र, निष्पक्ष र प्रतिस्पर्धी ढंगले चुनाव गराउनुपर्ने आवश्यकता औंल्याए।

न्युज एजेन्सी नेपालसँग कुरा गर्दै भट्टराईले पुराना दलहरू नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा (माओवादी केन्द्र) र राप्रपाले आफूलाई पुनःसंरचना गर्न नसक्ने दाबी गर्दै भने, “पुराना दलहरूमा अझै पनि पुराना नेताहरूको उकुसमुकुस छ। चौथो पुस्ता आइसकेको छ, तर संरचनागत सुधार हुने सम्भावना देखिन्न।”

उनले आगामी दिनमा एउटा बृहत् राजनीतिक पुनः संरचना हुन सक्ने सम्भावना औंल्याउँदै २८ वर्ष मुनिका ‘जेन–जी’ पुस्ताले दबाब बनाइरहे परिवर्तन सम्भव हुने विश्वास व्यक्त गरे। “कहिलेकाहीँ भुइँको टिप्छुभन्दा पोल्टाको पनि खस्छ, त्यसमा सतर्क रहनुपर्छ,” उनले चेतावनीसमेत दिए।

अन्तरिम सरकारले प्रतिनिधिसभा निर्वाचन फागुन २१ गते गर्ने निर्णय गरिसकेको छ। तर प्रमुख दलहरूले प्रतिनिधिसभा विघटनलाई असंवैधानिक भन्दै विरोध गरिरहेका छन्।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय