काठमाडौँ,०१ असाेज । हामी नेपालका संयोजक सुदन गुरुङमाथि बुधबार आक्रमणको प्रयास भएको छ। गुरुङका अनुसार, रानीबारीदेखि बानेश्वरसम्म उनी पल्सर बाइकमा यात्रा गर्दा एउटा समूहले उनीलाई पछ्याउँदै लखेटेको थियो।
गुरुङले बताएअनुसार, बीचमा दुईवटा गाडी थपिएका थिए र सिनामंगलको गल्लीबाट बानेश्वरसम्म समूहले लगातार पछ्याएको थियो। उनले भने, “ती को थिए भन्ने चिनिनँ। मार्ने उद्देश्यले नै आएका देखिन्थे।”
आतंकका कारण गुरुङले आफ्नो ठ्याक्कै स्थान सार्वजनिक गर्न चाहेनन्। घटनाको थप विवरण र सुरक्षा उपायबारे अनुसन्धान भइरहेको छ।





