spot_img

बाहिरिने बेला फेरि किन सक्रिय भयो मनसुन

spot_img
spot_img

काठमाडौँ,०१ असाेज । औसत समयअनुसार मनसुन अब १५ दिनमा बाहिरिनुपर्ने भए पनि हाल देशभर मनसुन फेरि सक्रिय भएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थान वरिपरि रहँदा र अरब सागर तथा बंगालको खाडीबाट हावामा जलवाष्प आउने कारण यस वर्ष मनसुन सक्रिय बनेको हो।

महाशाखाका मौसमविद् रोजन लामिछानेका अनुसार सामान्यतया अक्टोबर २ मा मनसुन बहिर्गमन हुन्छ। तर यस वर्ष सरदर मितिमै बाहिरिन्छ वा ढिलो हुन्छ भन्ने अहिल्यै भन्न सकिँदैन। आज पनि देशभर मौसम बदली रहने र बागमती, लुम्बिनी प्रदेशसहित केही पहाडी तथा तराई क्षेत्रहरूमा मध्यम वर्षा हुने सम्भावना रहेको उनले बताए।

कोशी, बागमती, कर्णाली प्रदेशका पहाडी भूभाग र लुम्बिनी प्रदेशका केही तराई क्षेत्रहरूमा भारी वर्षा हुने जोखिम पनि रहेको लामिछानेले जानकारी दिए।

साथै, बाढीविद् विनोद पराजुलीले दोलखा, सिन्धुपाल्चोक, पाल्पा, रुपन्देही, नवलपरासी पूर्व–पश्चिम, डोटी, कैलाली लगायतका जिल्लाका स–साना नदीमा बहाव बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिम रहेको चेतावनी दिए।

उहाँले इलाम, झापा, मोरङ, काठमाडौं, ललितपुर, भक्तपुर, बारा, पर्सा, चितवन, कास्की, तनहुँ, स्याङ्जा, म्याग्दी, बाग्लुङ, पर्वत, गुल्मी, अर्घाखाँची, बाँके, बर्दिया, दाङ, सुर्खेत, दैलेख, कञ्चनपुर, डडेलधुरा, बैतडी, दार्चुला लगायत जिल्लाका नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गर्नुभयो।

spot_img
spot_img

ताजा अपडेट

Loading calendar...

लोकप्रिय