spot_img

मुख्यमन्त्री सिंहले राजीनामा नदिँदै प्रदेशसभामा सामना गर्ने

spot_img
spot_img

जनकपुर,०१ असाेज । जनमत पार्टीले मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंह र मन्त्रीहरूलाई फिर्ता बोलाए पनि सिंहले राजीनामा दिन आनाकानी गरिरहेका छन्।

भदौ २३ मा जेन–जी आन्दोलन चर्किएपछि सिंहले राजीनामा दिएका थिए। तर परिस्थिति सुधार आएपछि उनले राजीनामा फिर्ता लिएका र अब पदबाट हट्न नचाहेको बताएका छन्। उद्योग मन्त्री वसन्त कुशवाहा र वन मन्त्री संजय यादवले भने राजीनामा दिएका छन्।

सिंहले भने, “म राजीनामा दिन्नँ, प्रदेशसभामा के हुन्छ त्यही फेस गर्छु। पार्टीले पत्र पठाइसकेको भए अब मेरो भन्नु केही छैन।” उनले पार्टीका केही नेताहरूले जानीजानी राजीनामाको विषयलाई गिजोल्न खोजेको पनि गुनासो गरे।

संविधानअनुसार पार्टीले फिर्ता बोलाए पनि मुख्यमन्त्रीको पद स्वतः खाली हुने व्यवस्था छैन। अधिवक्ता दीपेन्द्र झाले भने, “पार्टीले मुख्यमन्त्रीलाई फिर्ता बोलाएको अवस्थामा सिंहले राजीनामा दिनु पर्ने हो, तर उनले गलत ट्रेन्ड बसाइरहनुभएको छ।”

प्रदेश प्रमुखले प्रदेशसभाको सभामुखलाई पत्र लेखेर सिंहलाई हटाउन सक्ने संवैधानिक व्यवस्था रहेको भए पनि, प्रदेश प्रमुख कार्यालयका निमित्त सचिव सत्रुधन यादवले कानुनी उल्झन रहेको बताए। उनले भने, “संविधानअनुसार पार्टीको पत्रको आधारमा मुख्यमन्त्रीलाई हटाउन मिल्दैन। प्रदेश प्रमुख आएर परामर्शपछि निर्णय हुनेछ।”

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय