spot_img

स्थानीय तहमा जेनजी आन्दोलनबाट भएको क्षतिको विवरण संकलन सुरु

spot_img
spot_img

काठमाडौं,०१ असोज । २३ र २४ भदौमा भएको जेनजी आन्दोलनका क्रममा स्थानीय तहमा पुगेको क्षतिको विवरण संकलन सुरु भएको छ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै स्थानीय तह र जिल्ला समन्वय समितिलाई गुगल लिंकमार्फत विवरण प्रविष्ट गर्न निर्देशन दिएको छ।

यस अन्तर्गत, कार्यालय र सरकारी सम्पत्तिमा पुगेको क्षति, भवन, मेसिनरी उपकरण, फर्निचर र सरकारी कागजातहरूका बारेमा विस्तृत जानकारी संघीय सरकारमा उपलब्ध गराउन भनिएको छ।

देशभरका स्थानीय तहमा आन्दोलनकारीहरूले ठूलो मात्रामा तोडफोड र क्षति पुर्‍याएको जानकारी मन्त्रालयले दिएको छ। स्थानीय तहहरूले संकलित विवरणको आधारमा आगामी मर्मतसम्भार र पुनर्निर्माण कार्यमा सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय