Date
बिहि, माघ ८, २०८२
Thu, January 22, 2026
Date
बिहि, माघ ८, २०८२
Thu, January 22, 2026

अगुवा कार्यकर्तासँगको अन्तरक्रियाले प्रदीप...

पर्सा — नेकपा एमाले पर्सा क्षेत्र नं. १ बाट प्रतिनिधिसभाका उम्मेदवार प्रदीप यादव...

अमेरिकाबाट ८० जना नेपाली...

काठमाडाैँ,०७ माघ । अमेरिकाबाट ८० जना नेपाली नागरिक डिपोर्ट भएका छन्। चाटर्ड विमानमार्फत...

निर्वाचन अवधिभर सोशल मिडिया...

काठमाडौं,०७ माघ । आगामी प्रतिनिधिसभा निर्वाचनको समयमा सामाजिक सञ्जालमार्फत हुन सक्ने दुरुपयोग र...

उच्चस्तरीय चिनियाँ टोली तीनदिने...

काठमाडौँ,०७ माघ । चिनियाँ कम्युनिष्ट पार्टी अन्तर्राष्ट्रिय विभागका नेपाल प्रमुख झेङ युहा (सरला)...
spot_imgspot_imgspot_img
5.1 C
Kathmandu
10.6 C
Birgunj
spot_img

पर्साका एसपी गौतम मिश्रको सरुवा, सुदीप राज पाठक आउदैँ

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बीरगन्ज,०२ असोज । अन्तरिम सरकार बनेको केही दिनमै नेपाल प्रहरीमा ठूलो स्तरको सरुवा भएको छ। गृह मन्त्री ओमप्रकाश अर्यालको निर्देशनमा प्रहरी महानिरीक्षक चन्द्र कुवेर खापुङले ४८ जना प्रहरी उपरीक्षक (एसपी) लाई विभिन्न जिल्ला र इकाइमा सरुवा गरेका छन्। यस क्रममा १४ जिल्लाका प्रहरी प्रमुख समेत फेरिएका छन्।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख एसपी गौतम मिश्रलाई सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, धनगढीस्थित आर्थिक प्रशासन तथा प्रबन्ध महाशाखामा पठाइएको छ। मिश्र गत वर्ष माघमा पर्सामा आएका थिए, तर सात महिनामै फेरि सरुवा भएका हुन्।

पर्सामा मिश्रले अपराध नियन्त्रणसँगै मानव बेचबिखन नियन्त्रणमा उल्लेखनीय काम गरेका थिए। यही योगदानका आधारमा केही दिनअघि महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले उनलाई सम्मानित गरेको थियो।

उनको स्थानमा अब एसपी सुदीप राज पाठक पर्साका प्रहरी प्रमुखका रूपमा जिम्मेवारी सम्हाल्ने भएका छन्। पाठक हाल अख्तियार दुरुपयोग अनुसन्धान आयोग अन्तर्गतको प्रहरी महाशाखामा कार्यरत छन्।

प्रहरी प्रधान कार्यालयका अनुसार सरुवा भदौ ३१ गतेको निर्णयअनुसार कार्यान्वयनमा ल्याइएको हो।

ताजा समाचार

थप समाचार