spot_img

गणेशमान सिंहको २८औं स्मृति दिवस विभिन्न कार्यक्रमका साथ मनाइँदै

spot_img
spot_img

काठमाडौं,०२ असोज । नेपाली कांग्रेसका संस्थापक नेता तथा प्रजातान्त्रिक आन्दोलनका अगुवा गणेशमान सिंहको २८औं स्मृति दिवस आज विभिन्न कार्यक्रमका साथ मनाइँदै छ।

यस अवसरमा काठमाडौंको भोभाभगवतीस्थित उनको शालिकमा माल्यार्पण गरिने कार्यक्रम तय गरिएको छ।

गणेशमान सिंहलाई नेपालको प्रजातान्त्रिक इतिहासमा अपराजेय योद्धा मानिन्छ। १९९७ सालदेखि नै राणा शासनविरुद्ध प्रजा परिषद्को सदस्यका रूपमा सक्रिय भएका सिंहले ०४६ सालको ऐतिहासिक जनआन्दोलनमा निर्णायक नेतृत्व गरेका थिए। आन्दोलन सफल भएपछि प्रधानमन्त्री बन्ने प्रस्ताव अस्वीकार गरी उनले आफ्नो समर्पणलाई झनै बलियो बनाए।

१९७२ साल कात्तिक २४ गते काठमाडौंको क्षेत्रपाटी, चाक्सीबारीमा जन्मिएका सिंहको २०५४ साल असोज २ गते निधन भएको थियो। उनको योगदानलाई जनताले अझै पनि स्मरण गर्दै आएका छन्।

हालै, जेनजी युवा आन्दोलनका क्रममा चाक्सीबारीस्थित सिंहको निवासमा आगजनी भएको थियो। घटनापछि उनका छोरा, कांग्रेस नेता प्रकाशमान सिंहसहित परिवारलाई नेपाली सेनाले सुरक्षित स्थानमा पुर्‍याएको थियो।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय