Date
मङ्ल, पुस २९, २०८२
Tue, January 13, 2026
Date
मङ्ल, पुस २९, २०८२
Tue, January 13, 2026

कांग्रेस विशेष महाधिवेशन :...

वीरगञ्ज २९ पुस । नेपाली कांग्रेसको विशेष महाधिवेशनमा पक्षधरहरूले निर्वाचन प्रक्रिया धमाधम अघि...

नेपाली कांग्रेसको विशेष महाधिवेशन...

काठमाडौं, २९ पुस । नेपाली कांग्रेसको विशेष महाधिवेशनका लागि निर्वाचन समितिले निर्वाचन तालिका...

गच्छदारले भने कांग्रेस संकटमा,...

वीरगञ्ज , २९ पुस । नेपाली कांग्रेसका वरिष्ठ नेता विजय गच्छदारले पार्टी गम्भीर...

हिमाचलको सोलानमा ग्यास विस्फोट...

भारतको हिमाचल प्रदेशस्थित सोलान जिल्लाको अर्की भन्ने ठाउँमा ग्यास सिलिण्डर विस्फोट हुँदा ९...
spot_imgspot_imgspot_img
13.1 C
Kathmandu
16.4 C
Birgunj
spot_img

आगामी निर्वाचन हाम्रो लागि अग्नि परीक्षा : सिके राउत

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं,०२ असाेज । जनमत पार्टीका अध्यक्ष सिके राउतले आउँदो फागुन २१ गतेका लागि तय भएको निर्वाचनलाई आफ्नो पार्टीको “अग्नि परीक्षा” भएको बताएका छन्।

सामाजिक सञ्जालमार्फत कार्यकर्तालाई सन्देश दिँदै राउतले पार्टी भित्र विभिन्न विषय उठाएर नेता–कार्यकर्ताको ध्यान भट्काउने र थकाउने षड्यन्त्र भइरहेको दाबी गरेका छन्। उनले समयको अभाव भएकाले अनावश्यक बहसमा समय खेर नफाली निर्वाचन तयारीमा केन्द्रित हुन निर्देशन दिए।

“फाल्गुन २१ निर्वाचनसम्म अन्यत्र ध्यान नभट्काऔं, अन्यत्र शक्ति खेर नफालौं। हाम्रो पहिलो प्राथमिकता जनमत पार्टीलाई नम्बर १ विजयी पार्टी बनाउनु हो,” राउतले भने।

उनले निर्वाचनलाई “महाभारत र अग्निपरीक्षा”सँग तुलना गर्दै गाउँ–गाउँ, टोल–टोलमा पुगेर संगठन मजबुत बनाउन आग्रह गरे। “नौलो गणतन्त्र नै आगामी निकास हो भनेर प्रचार गरौं, बूथ समिति र युवा दस्ता गठन गरेर प्रशिक्षण दिनु जरूरी छ। हरेक निर्वाचन क्षेत्रमा जित्ने रणनीतिमा लागौं,” उनले भने।

राउतका अनुसार पार्टीसँग चुनावसम्म मुश्किलले साढे पाँच महिना मात्र समय रहेको छ। त्यसैले यस अवधिमा कार्यकर्ताले सबै ध्यान संगठन विस्तार र चुनाव तयारीमा लगाउनुपर्ने उनले स्पष्ट पारे।

ताजा समाचार

थप समाचार