Date
बिहि, माघ ८, २०८२
Thu, January 22, 2026
Date
बिहि, माघ ८, २०८२
Thu, January 22, 2026

अगुवा कार्यकर्तासँगको अन्तरक्रियाले प्रदीप...

पर्सा — नेकपा एमाले पर्सा क्षेत्र नं. १ बाट प्रतिनिधिसभाका उम्मेदवार प्रदीप यादव...

अमेरिकाबाट ८० जना नेपाली...

काठमाडाैँ,०७ माघ । अमेरिकाबाट ८० जना नेपाली नागरिक डिपोर्ट भएका छन्। चाटर्ड विमानमार्फत...

निर्वाचन अवधिभर सोशल मिडिया...

काठमाडौं,०७ माघ । आगामी प्रतिनिधिसभा निर्वाचनको समयमा सामाजिक सञ्जालमार्फत हुन सक्ने दुरुपयोग र...

उच्चस्तरीय चिनियाँ टोली तीनदिने...

काठमाडौँ,०७ माघ । चिनियाँ कम्युनिष्ट पार्टी अन्तर्राष्ट्रिय विभागका नेपाल प्रमुख झेङ युहा (सरला)...
spot_imgspot_imgspot_img
6.1 C
Kathmandu
12.1 C
Birgunj
spot_img

जनमत पार्टीका ६ शीर्ष नेताको सामूहिक राजीनामा

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं,०२ असाेज । जनमत पार्टीका ६ शीर्ष नेताहरूले नेतृत्वप्रति असन्तुष्टि जनाउँदै पार्टीबाट सामूहिक राजीनामा दिएका छन्। उनीहरूले आजैदेखि साधारण सदस्यसमेत नरहने घोषणा गरेका हुन्।

राजीनामा दिने नेताहरूमा वरिष्ठ उपाध्यक्ष अब्दुल खान, केन्द्रीय प्रवक्ता डा. शरत सिंह यादव, जनमत युवा सङ्घका केन्द्रीय संयोजक सञ्जय कुमार यादव, जनमत स्वास्थ्यकर्मी सङ्घका संयोजक सी.के. सिंह, सुदूरपश्चिम प्रदेशका वरिष्ठ इन्चार्ज राजाराम चौधरी र केन्द्रीय सदस्यसहित राष्ट्रिय परिषद् सदस्य विक्रम बहादुर बम रहेका छन्।

अध्यक्ष सिके राउतलाई सम्बोधन गरी पठाइएको पत्रमा उनीहरूले पार्टी नेतृत्वले देशको विषम परिस्थितिलाई बेवास्ता गरेको र जनमानसअनुरूप आत्मालोचना तथा नेतृत्व परिवर्तन गर्न अस्वीकार गरेको आरोप लगाएका छन्।

पत्रमा भनिएको छ, “हामीले नेतृत्व परिवर्तनको माग गर्दा त्यसलाई अवहेलना गर्दै उल्टै फेसबुकमार्फत अंहकारपूर्ण शैलीमा धारणा सार्वजनिक गरिएको छ। यसले जेनजी पुस्ताले बगाएको रगतको अपमान भएको महसुस गरेका छौं।”

राजीनामा दिएका नेताहरूले आफूहरू पद–स्वार्थका लागि नभई नयाँ पुस्ताको चाहनाअनुरूप जेनजी पुस्ताकै नेतृत्वमा सहकार्य गर्ने प्रतिबद्धता जनाएका छन्।

यी नेताहरूले अध्यक्ष राउतलाई २४ घण्टाभित्र राजीनामा दिन अल्टिमेटम दिएका थिए। तर, राउतले उल्टै असन्तुष्ट नेताहरूमै राजीनामा दिन दबाब दिएपछि उनीहरूले सामूहिक रूपमा पार्टी त्यागेका हुन्।

ताजा समाचार

थप समाचार