Date
बुध, पुस ३०, २०८२
Wed, January 14, 2026
Date
बुध, पुस ३०, २०८२
Wed, January 14, 2026

महाधिवेशन विवादपछि कांग्रेस औपचारिक...

काठमाडौं -  लामो समयदेखि जारी आन्तरिक द्वन्द्व, वैचारिक असहमति र नेतृत्वप्रति बढ्दो असन्तुष्टिका...

नेशनल मेडिकल कलेज र...

वीरगञ्ज–३० पुस - नेशनल मेडिकल कलेज प्रा.लि. तथा डि.ए.भी. आर.बी. केडिया स्कूल, वीरगञ्जबीच...

त्रिभुवन राजपथ सिफ्ट प्रकरणः...

वीरगञ्ज, ३० पुस — वीरगञ्ज बचाउ युवा व्यापारी संघर्ष समितिको अगुवाइमा दायर गरिएको त्रिभुवन...

राजनीतिक अस्थिरताले देशलाई खतरा,...

वीरगञ्ज, ३० पुस - मानव अधिकार तथा शान्ति समाजका केन्द्रीय संयोजक एवं मानवअधिकारकर्मी...
spot_imgspot_imgspot_img
10.1 C
Kathmandu
12.6 C
Birgunj
spot_img

परवानीपुर सबस्टेशनमा आगलागीपछि वीरगञ्जमा विद्युत् आपूर्ति अनिश्चित

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बाराको परवानीपुर गाउँपालिकास्थित हेटौडा ग्रिडअन्तर्गतको १३२ केभी सबस्टेशनमा बुधबार दिउँसो आगलागी भएपछि अवरुद्ध भएको वीरगञ्ज र आसपास क्षेत्रको विद्युत् आपूर्ति बिहीबार बिहान पुनः सुचारु भए पनि केही घण्टामै फेरि बन्द भएको छ।

नेपाल विद्युत् प्राधिकरण वीरगञ्ज वितरण केन्द्रका प्रमुख अवधेश कुमार दूबेका अनुसार १३२ केभीए ब्रेकरको ‘बुस’ फुट्दा आपूर्ति पुनः अवरुद्ध भएको हो। उनका अनुसार प्रसौनी सबस्टेशनमार्फत अस्थायी रूपमा आपूर्ति गर्ने प्रयास भइरहेको भए पनि प्राविधिक जटिलताका कारण कहिले पूर्ण रूपमा सेवा नियमित हुन्छ भन्ने यकिन छैन।

बुधबार दिउँसो ४ बजे ११ केभी प्यानलमा सर्टसर्किट भई आगलागी हुँदा सिमरा, कृषि, गण्डक, डाबर, नारायणी, हिमाल, परवानीपुर, जगदम्बा, वीरगञ्ज, नितनपुर, चोर्नी र भलुही फिडरसहित सबै क्षेत्रमा आपूर्ति पूर्ण रूपमा बन्द भएको थियो। आगलागीलाई वरुण यन्त्र, स्थानीय प्रहरी र सर्वसाधारणले नियन्त्रणमा लिएका थिए।

लगातारको विद्युत् अवरोधले औद्योगिक क्षेत्रदेखि व्यापारीक र दैनिक जीवनसम्म ठूलो असर परेको छ। स्थानीयले प्राधिकरणको ढिलासुस्तीप्रति आक्रोश व्यक्त गर्दै छिटो मर्मत र दीर्घकालीन समाधानको माग गरेका छन्।

प्राधिकरणले भने मर्मत कार्यलाई तीव्र बनाएको र सकेसम्म चाँडै सेवा पुनः सुचारु गर्ने प्रतिबद्धता जनाएको छ।

ताजा समाचार

थप समाचार