बारा,०२ असाेज । बाराको कलैया उपमहानगरपालिका–१० निलकण्ठवामा नवदुर्गा पूजा समितिको आयोजनामा आयोजित रक्तदान कार्यक्रममा ४१ जनाले रगत दान गरेका छन्।
वीरगञ्जस्थित रक्त सञ्चार केन्द्रको सहकार्यमा सम्पन्न कार्यक्रममा दुई महिलासहित स्थानीय युवाहरूको सक्रिय सहभागिता देखिएको छ। कार्यक्रममा कलावती देवी, रम्भा देवी, सिन्धु कुशवाहा, आकाश चौरसिया, प्रहलाद चौरसिया, सन्जित कुमार सिंह, नितेश कुमार चौरसिया, अलक प्रसाद कुशवाहा लगायतले रक्तदान गरेका थिए।
कार्यक्रमका संयोजक दयासिन्धु कुशवाहाले नियमित रक्तदानको महत्वबारे प्रकाश पार्दै यस्ता सामाजिक कार्यक्रमले समुदायमा सकारात्मक ऊर्जा सिर्जना गर्ने बताए। कार्यक्रममा पत्रकार प्रहलाद चौरसिया, नेपाल रेडक्रस सोसाइटी रेशमकोठी उपशाखाका सह–कोषाध्यक्ष अभिलाष कुमार गुप्ता पनि उपस्थित थिए।
आयोजकहरूले आगामी दिनहरूमा पनि यस्ता रक्तदान कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।



