Date
मङ्ल, पुस २९, २०८२
Tue, January 13, 2026
Date
मङ्ल, पुस २९, २०८२
Tue, January 13, 2026

कांग्रेस विशेष महाधिवेशन :...

वीरगञ्ज २९ पुस । नेपाली कांग्रेसको विशेष महाधिवेशनमा पक्षधरहरूले निर्वाचन प्रक्रिया धमाधम अघि...

नेपाली कांग्रेसको विशेष महाधिवेशन...

काठमाडौं, २९ पुस । नेपाली कांग्रेसको विशेष महाधिवेशनका लागि निर्वाचन समितिले निर्वाचन तालिका...

गच्छदारले भने कांग्रेस संकटमा,...

वीरगञ्ज , २९ पुस । नेपाली कांग्रेसका वरिष्ठ नेता विजय गच्छदारले पार्टी गम्भीर...

हिमाचलको सोलानमा ग्यास विस्फोट...

भारतको हिमाचल प्रदेशस्थित सोलान जिल्लाको अर्की भन्ने ठाउँमा ग्यास सिलिण्डर विस्फोट हुँदा ९...
spot_imgspot_imgspot_img
13.1 C
Kathmandu
16.4 C
Birgunj
spot_img

संवैधानिक इजलासका रिट तत्काल दर्ता र सुनुवाइको माग सर्वोच्चमा निवेदन

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौँ, २ असोज । संसद विघटनलगायत संवैधानिक इजलासमार्फत मात्र सुनुवाइ हुने रिट निवेदनहरू तत्काल दर्ता र सुनुवाइ थाल्नुपर्ने माग गर्दै सर्वोच्च अदालतमा निवेदन दर्ता गरिएको छ ।

अधिवक्ता बिमल पोखरेलले शुक्रबार सर्वोच्चका मुख्य रजिष्ट्रार बिमल पौडेललाई भेटी लिखित निवेदन बुझाएका हुन् । उनले हाल उत्पन्न संवैधानिक संकट समाधान गर्न अदालतले ढिला नगरी आफ्नो भूमिका निर्वाह गर्नुपर्ने उल्लेख गरेका छन् ।

हालैको जेनजी आन्दोलनका क्रममा सर्वोच्चमा भएको तोडफोड र आगजनीपछि बन्दी प्रत्यक्षीकरण र अति आवश्यक बाहेकका सेवा रोकिएको छ । तर, पोखरेलले संविधानसम्बन्धी मुद्दाहरू भने तत्काल दर्ता र सुनुवाइ हुनुपर्ने माग गर्दै संवैधानिक इजलास सक्रिय नहुँदा राजनीतिक संकट अझै चुलिने चेतावनी दिएका छन् ।

निवेदनमा प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएपश्चात पनि राष्ट्रपति रामचन्द्र पौडेलले वैकल्पिक सरकार गठनका लागि पहल नगरी, संसद सदस्य नै नभएका व्यक्तिलाई प्रधानमन्त्री नियुक्त गरेको र त्यसपछि संसद विघटनको सिफारिस गरिएको उल्लेख छ । यसले गम्भीर संवैधानिक र राजनीतिक संकट निम्त्याएको भन्दै उनले संवैधानिक इजलासबाट मात्र समाधान सम्भव रहेको तर्क गरेका छन् ।

सर्वोच्च अदालतले यसअघि क्षतिको मूल्यांकन नभएसम्म नियमित सेवा सुचारु नहुने जानकारी गराएको थियो । तर, संवैधानिक विषयमा सुनुवाइको माग उठेपछि न्यायिक प्रक्रियाको निरन्तरता र अदालतको भूमिकाबारे फेरि बहस सतहमा आएको छ ।

ताजा समाचार

थप समाचार