spot_img

सैनिक ब्यारेकबाट बाहिरिए ओली

spot_img
spot_img

काठमाडौँ, ०२ असोज । नेकपा एमालेका अध्यक्ष तथा निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली सैनिक ब्यारेकबाट बाहिरिएका छन् ।

जेनजी आन्दोलनका क्रममा नेपाली सेनाले सुरक्षा कारण देखाउँदै उनलाई ब्यारेकमा राखेको थियो । प्रधानमन्त्री पदबाट राजीनामा दिएपश्चात् गत २४ भदौदेखि ओली सैनिक नियन्त्रणमा थिए ।

सुरक्षा निकायका अनुसार ओली भक्तपुरको गुण्डु सरेका छन्, जहाँ उनका लागि नयाँ भाडाको घर लिइएको छ । यसअघि बालकोटस्थित निजी निवास प्रदर्शनकारीले आगजनी गर्दा पूर्णरूपमा क्षति भएको थियो ।

ओलीलाई गुण्डुमा बसोबास गराउने पहल एमाले पोलिटब्युरो सदस्य महेश बस्नेतले गरेका हुन् । बस्नेतले निकट भविष्यमा ओलीलाई भव्य कार्यक्रममार्फत सार्वजनिक गर्ने तयारीसमेत गरिएको बताएका छन् ।

spot_img
spot_img

ताजा अपडेट

Loading calendar...

लोकप्रिय