Date
बिहि, माघ ८, २०८२
Thu, January 22, 2026
Date
बिहि, माघ ८, २०८२
Thu, January 22, 2026

अगुवा कार्यकर्तासँगको अन्तरक्रियाले प्रदीप...

पर्सा — नेकपा एमाले पर्सा क्षेत्र नं. १ बाट प्रतिनिधिसभाका उम्मेदवार प्रदीप यादव...

अमेरिकाबाट ८० जना नेपाली...

काठमाडाैँ,०७ माघ । अमेरिकाबाट ८० जना नेपाली नागरिक डिपोर्ट भएका छन्। चाटर्ड विमानमार्फत...

निर्वाचन अवधिभर सोशल मिडिया...

काठमाडौं,०७ माघ । आगामी प्रतिनिधिसभा निर्वाचनको समयमा सामाजिक सञ्जालमार्फत हुन सक्ने दुरुपयोग र...

उच्चस्तरीय चिनियाँ टोली तीनदिने...

काठमाडौँ,०७ माघ । चिनियाँ कम्युनिष्ट पार्टी अन्तर्राष्ट्रिय विभागका नेपाल प्रमुख झेङ युहा (सरला)...
spot_imgspot_imgspot_img
5.1 C
Kathmandu
10.6 C
Birgunj
spot_img

रौतहटमा जेनजी आन्दोलनबाट २० करोडभन्दा बढी क्षति

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

रौतहट,०३ असाेज  । हालै भएको जेनजी आन्दोलनले रौतहट जिल्लामा ठूलो मात्रामा भौतिक क्षति पुर्‍याएको प्रारम्भिक विवरण सार्वजनिक भएको छ। जिल्ला प्रशासन कार्यालय, गौरका अनुसार भदौ २४ गतेको आन्दोलनका क्रममा तोडफोड, आगजनी र लुटपाटबाट मात्रै २० करोड रुपैयाँभन्दा बढी क्षति भएको अनुमान गरिएको छ।

आन्दोलनकारीले जिल्लाभरका सरकारी संरचना र स्थानीय तह कार्यालयलाई निशाना बनाएका थिए। प्रारम्भिक मूल्याङ्कनअनुसार चन्द्रपुर नगरपालिकामा करिब ३ करोड, मौलापुरमा ५ करोड, कटहरियामा १ करोड, फतुवा विजयपुरमा ३ करोड ५० लाख, गौर नगरपालिकामा ६४ लाख, डिभिजन वन कार्यालयमा २ करोड ५० लाख र प्रदेश लेखा कार्यालयमा २ करोड ६० लाख रुपैयाँ बराबरको क्षति पुगेको प्रशासनले जनाएको छ। यस्तै, जिल्ला अदालत, मालपोत, करदाता सेवा, नापी र अनुसन्धान कार्यालयमा समेत लाखौँ रुपैयाँको क्षति भएको छ।

आन्दोलनको प्रभाव प्रहरी इकाइमा पनि परेको छ। जिल्ला प्रहरी कार्यालय, गौरसहित आठवटा प्रहरी युनिटमा आगजनी र तोडफोड भएको प्रहरीले जनाएको छ। चन्द्रनिगाहपुर इलाका प्रहरी कार्यालयमा मात्रै करिब २ करोड १४ लाख रुपैयाँको क्षति पुगेको छ भने गरुडा, शिवनगर, हर्षाहा, सुकदेवाचोक, बंकुल र चन्द्रपुर तल्लो बजारका प्रहरी चौकीहरूमा पनि ठूलो क्षति भएको बताइएको छ।

प्रारम्भिक छानबिनमा राजनीतिक असन्तोषसँगै व्यक्तिगत रिसिइबी मिसिएको देखिएको छ। फतुवा विजयपुरमा वडा अध्यक्ष र शिक्षकको संलग्नता, कटहरियामा करार कर्मचारीको भूमिका र गरुडामा विपक्षी समूहको प्रत्यक्ष संलग्नता फेला परेको प्रशासनले जनाएको छ। यस्ता गतिविधिका तस्बिर र भिडियोहरू सामाजिक सञ्जालमार्फत व्यापक रूपमा फैलिएका छन्।

सरकारी अभिलेख, सामग्री र संरचना ध्वस्त भएपछि सेवा प्रवाहमा अवरोध आएको छ। विज्ञहरूले यस्तो अवस्थामा तत्काल पुनर्निर्माणका लागि सरकारलाई विशेष योजना बनाउन र पर्याप्त बजेट छुट्याउन सुझाव दिएका छन्।

रौतहटका प्रमुख जिल्ला अधिकारी विनोद कुमार खड्काले सरकारी सम्पत्तिमा भएको आगजनी, तोडफोड र लुटपाटबारे निष्पक्ष छानबिन हुने र दोषीलाई कानूनी दायरामा ल्याइने स्पष्ट पारे। उनले भने, “यस आन्दोलनको आडमा गरिएको अवैध गतिविधि कसैलाई पनि माफ गरिने छैन। विस्तृत विवरण संकलनसँगै कानूनी प्रक्रिया अघि बढाइनेछ।”

प्रशासनले क्षतिको विवरण अझै संकलन भइरहेकाले अनुमानित रकम थप बढ्न सक्ने जनाएको छ। यसबीच आमनागरिक र सरोकारवाला पक्षहरूले निष्पक्ष छानबिन र कठोर कारबाहीको माग गरेका छन्।

ताजा समाचार

थप समाचार