spot_img

संविधानको समीक्षा गरेर अगाडि बढ्नुपर्छः पूर्वप्रधानमन्त्री नेपाल

spot_img
spot_img

काठमाडौं,०३ असाेज । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले संविधानको कार्यान्वयनमा देखिएका कमजोरीलाई वस्तुनिष्ठ रूपमा समीक्षा गरेर अगाडि बढ्नुपर्ने सुझाव दिएका छन्।

संविधान दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले शान्ति, स्थिरता र विकाससँगै भ्रष्टाचारको अन्त्य, सुशासनको सुनिश्चितता र व्यापक रोजगारीको सिर्जनाबाट मात्र मुलुकलाई आर्थिक–सामाजिक रुपान्तरण गर्न सकिने बताए।

अध्यक्ष नेपालले सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना, न्यायका आन्दोलनहरू र हालैको ‘जेनजी’ आन्दोलनमा प्राण गुमाउने सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै लोकतान्त्रिक मूल्य–मान्यतालाई आत्मसात् गर्नु संविधानको विशेषता भएको उल्लेख गरे।

उनका अनुसार प्रतिस्पर्धात्मक बहुदलीय प्रणाली, मौलिक अधिकार, मानव अधिकार, स्वतन्त्र प्रेस, आवधिक निर्वाचन, सक्षम न्यायपालिका र कानुनी शासनको अवधारणा संविधानले अंगीकार गरेको भए पनि सुशासन र समृद्ध राष्ट्र निर्माणको यात्रा अझै अपेक्षित गतिमा अघि बढ्न सकेको छैन।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय