Date
शनि, मंसिर २०, २०८२
Sat, December 6, 2025
Date
शनि, मंसिर २०, २०८२
Sat, December 6, 2025

सातदलीय समर्थनमा कृष्ण यादव...

बीरगन्ज,१९ मंसिर । मधेश प्रदेशमा नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादव प्रदेश...

७७ सांसदको समर्थनसहित कृष्ण...

काठमाडौँ,१९ मंसिर । नेपाली कांग्रेसका मधेस प्रदेश नेता कृष्ण यादवले प्रदेश प्रमुख सुरेन्द्र...

एमाले अध्यक्ष ओली देउवालाई...

काठमाडाैं,१९ मंसिर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर...

भेदभावमुक्त समाज निर्माणका लागि...

काठमाडौं,१९ मंसिर । प्रधानमन्त्री सुशीला कार्कीले सामाजिक न्याय र भेदभावमुक्त समाज निर्माणका लागि...
spot_imgspot_imgspot_img
8.1 C
Kathmandu
13.6 C
Birgunj
spot_img

सिंहदरबारभित्र क्षतिग्रस्त सवारी साधन व्यवस्थापन अभियान सुरू

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं,०३ असोज । गत भदौ २४ गतेको विरोध प्रदर्शनले सरकारी र सार्वजनिक सम्पत्तिमा गम्भीर क्षति पुर्‍याएको थियो। विशेषगरी सिंहदरबार र त्यस आसपासका क्षेत्रलाई मुख्य निशाना बनाइएको प्रदर्शनमा सरकारी भवनहरूमा आगजनी र त्यहाँ रहेका सवारी साधनमा व्यापक तोडफोड गरिएको थियो।

सरकारी तथ्याङ्कअनुसार, सो दिन सिंहदरबार र वरपरका कार्यालय परिसरमा रहेका १०४२ वटा सवारी साधन क्षतिग्रस्त भएका छन्। अहिले ती भग्नावशेष सवारी साधनहरूलाई व्यवस्थापन गर्ने कार्य तीव्र रूपमा अघि बढाइएको छ।
सिंहदरबारभित्र अलपत्र अवस्थामा रहेका ती सवारीहरूलाई नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा सारेर व्यवस्थापन गरिँदैछ। भग्न सवारी हटाइने क्रम जारी छ भने आगलागीबाट क्षतिग्रस्त भएका सरकारी भवनहरूको मर्मतसमेत शुरू गरिएको छ।

प्रदर्शनबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय, र संघीय मामिला मन्त्रालय सबैभन्दा बढी प्रभावित भएका थिए। साथै, अर्थ मन्त्रालयको एक भागमा आगलागी हुँदा गम्भीर क्षति पुगेको थियो। अहिले त्यहाँ रङरोगन र पुनः निर्माणको काम अगाडि बढाइएको छ।

सरकारी स्रोतका अनुसार, क्षतिग्रस्त सम्पत्तिको मूल्याङ्कन कार्य पनि चलिरहेको छ, र आवश्यक परेमा कानुनी प्रक्रिया पनि अघि बढाइने छ।

ताजा समाचार

थप समाचार