spot_img

मधेसका मुख्यमन्त्री सिंह र सभामुख मण्डलबीच भेटवार्ता

spot_img
spot_img

बीरगन्ज,०३ असोज । मधेस प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंह र प्रदेशसभा सभामुख रामचन्द्र मण्डलबीच शुक्रबार जनकपुरधामस्थित मुख्यमन्त्री निवासमा महत्वपूर्ण भेटवार्ता सम्पन्न भएको छ।

मुख्यमन्त्री सिंहले सामाजिक सञ्जालमार्फत भेटको जानकारी दिँदै, जेन–जी आन्दोलनका क्रममा प्रदेशसभा भवन, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलगायतका सरकारी संरचनामा भएको क्षतिको पुनर्निर्माण कार्यलाई प्राथमिकताका साथ अघि बढाउने विषयमा गम्भीर छलफल भएको जानकारी दिएका छन्।

भेटका क्रममा प्रदेशसभाको प्रभावकारी सञ्चालन, समसामयिक राजनीतिक अवस्था, र सरकारको स्थायित्वका सन्दर्भमा समेत व्यापक संवाद भएको बताइएको छ।

यद्यपि, आन्दोलनको समय मुख्यमन्त्री सिंहले राजीनामा दिएको घोषणा गरेका थिए, तर आन्दोलनपछि आफ्नो भनाइबाट पछि हट्दै आएको आरोप लागेको छ। पार्टीभित्रै उनीप्रति असन्तुष्टि देखिँदा, जनमत पार्टी मधेस प्रदेश समितिले उनलाई स्पष्टिकरण सोधिसकेको छ भने, बर्खास्तीको मागसहित केन्द्रमा पत्राचार गरेको खबर सार्वजनिक भएको छ।

प्रदेशको राजनीतिक परिस्थिति अस्थिर भइरहँदा, सिंह र मण्डलबीचको भेटलाई स्थायित्व खोजीको संकेतका रूपमा लिइएको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय