spot_img

स्मार्ट लाइसेन्सको डेटा सुरक्षित, पञ्जीकरण विभागको मेसिनबाट छाप्ने तयारी

spot_img
spot_img

काठमाडौं,०३ असाेज । जेनजी आन्दोलनका क्रममा मीनभवनस्थित यातायात व्यवस्था विभागमा भएको आगजनीका बाबजुद स्मार्ट लाइसेन्सको डेटा सुरक्षित रहेको विभागले जनाएको छ।

२३–२४ भदौमा भएको आन्दोलनका क्रममा आगजनीबाट इम्बोस्ड नम्बरका डेटा, स्मार्ट लाइसेन्स छाप्ने मेसिन, र छापिसकिएको १२ लाख थान लाइसेन्समध्ये करिब ६ लाख थान जलेर नष्ट भए। बाँकी ६ लाख थान छापिसकिएको लाइसेन्स भने सुरक्षित रहेको पाइएको छ।

शुक्रबार यातायात व्यवस्था विभागको सरसफाइ कार्यक्रममा सहभागी भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङलाई कर्मचारीहरूले डेटा रिकभर गरेर सेवा सुरु गर्न सकिने जानकारी दिएका थिए। मन्त्री घिसिङले आवश्यक लाइसेन्स छाप्नका लागि राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागसँग समन्वय गरिने बताए।

उनले भने, “राष्ट्रिय परिचयपत्र छाप्ने मेसिनबाट पनि स्मार्ट लाइसेन्स छाप्न मिल्छ। विदेश जानेहरूले अत्यावश्यक लाइसेन्स चाहिँदा सो व्यवस्था मार्फत सेवा दिइनेछ।”

यातायात व्यवस्था विभागका अनुसार हाल २५ लाख थान स्मार्ट लाइसेन्स छापिन बाँकी छ। आवश्यक सामग्री जुटाउन तत्काल टेन्डर आह्वान गर्ने तयारी भइरहेको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय